पोखरामा मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन सुरु (फोटो फिचर)
पाेखरा | जेठ २२, २०७९
पोखरा: पोखरामा नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशनको सुरु भएको छ ।
नेपालको विभिन्न ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागितामा आज (आइतबार) देखि राष्ट्रिय महाधिवेशन पोखरा सभागृहमा सुरु भएको हो ।
आगामी २४ गतेसम्म सञ्चालन हुने उक्त महाधिवेशनको उद्घाटन नेपाल मगर संघधका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गरे ।
आगामी २४ गते नेपाल मगर महिला संघले नया कार्यसमिति पाउँनेछ ।
सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधी र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको छ । साथै छिमेकी राष्ट्र भारतको दार्जिलिङका मगरहरुको समेत उपस्थिति रहेको बताइएको छ ।
सुनगाभाको लेन्सबाट हेरौं, नेपाल मगर महिला संघको राष्ट्रिय महाधिवेशनका तस्बिरहरु:








पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

